नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेण्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।
एसिया लायन्सले लेजेण्ड्स लिग क्रिकेटको लागि नेपालका पूर्वकप्तान पारसलाई अनुबन्धित गरेको जानकारी दिएको हो । पारसले गत वर्षनै लेजेण्ड्स लिग खेल्ने भनिए पनि उनले खेलेका थिएनन् ।
कतार र ओमानमा संयुक्त रूपमा आउँदो फेब्रुअरी २७ देखि मार्च ८ तारिखसम्म लेजेण्ड्स लिग क्रिकेटको तेस्रो संस्करण हुँदैछ । पारससँगै एसिया लायन्सले पाकिस्तानका शोएब अख्तर, मोहम्मद हफिज र श्रीलंकाका थिसरा परेरालाई आफ्नो टिममा अनुबन्धित गरेको छ ।
लेजेण्ड्स लिग क्रिकेटमा तीन टिमको सहभागिता रहने छ । जसमा वल्र्ड जायन्टस ,इन्डियन महाराज र एसिया लायन्स छन्