गृहमन्त्री लामिछाने कीर्तिपुर अस्पताल पुगेपछि प्रेमप्रसादकाे शव आफन्तले लिए जिम्मा

समाचार शेयर गर्नुहोस्

नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको शव आफन्तले जिम्मा लिएका छन्।

सरकारले सम्बोधन नगरेको बताउँदै आफन्तले बिहानैदेखि शव बुझ्न मानेका थिएनन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुगेपछि बल्ल परिवारजन तथा आफन्तले शव जिम्मा लिएका हुन्।

परिवारजन तथा आफन्तले स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल गर्दा कुनै जवाफ नआएको बताएका थिए।

अहिले शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पुर्‍याइसकिएकाे छ।

मंगलबार दिउँसाे आत्मदाहकाे प्रयास गरेका आचार्यकाे कीर्तिपुर अस्पतालमा उपचारकाे क्रममा आज बिहान मृत्यु भएकाे हाे।

आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए।

स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको