हेटौँडामा विद्युत् प्राधिकरणको गोदामघरमा आगलागी

हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गएराति आगलागी भएको हो । गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षति’bout यकिन जानकारी आएको छैन । गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाइएको थियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like