ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टको निलम्बन हटाउने मेटाको घोषणा

सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको हुलदङ्गा उक्साउन प्रयोग भएको भन्दै अनिश्चितकालका लागि निलम्बन गरिएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका फेसबुक र इन्स्टाग्राम एकाउन्टहरू आउँदा केही साताभित्र पुन: खोलिदिने मेटाले घोषणा गरेको छ ।

बुधबार मेटाका ग्लोबल पब्लिक अफेयर्स प्रमुख निक क्लेगले जारी गरेको एक सूचनामा मेटाको बोर्डले सिभिल पोलिसी प्रोटोकलअनुसार ट्रम्पका एकाउन्टहरू निलम्बन गर्ने निर्णयको समीक्षा गरेको र सो निलम्बन अन्त्यको निर्णय भएको बताएका छन् ‘सर्वसाधारणको सुरक्षामा पुग्नसक्ने जोखिम पर्याप्त रूपमा घटेको हाम्रो ठहर छ,’ क्लेग भन्छन्, ‘सोको आधारमा हामी ट्रम्पका फेसबुक र इन्स्टाग्राम एकाउन्टहरू केही समयमै पुन:स्थापना गरिदिनेछौँ । तर हामी उनका कृयाकलापको निरन्तर समीक्षा गर्नेछौँ र उनले मेटाको प्रोटोकल पुन: उल्लंघन गरेमा अर्को दुई वर्षका लागि निलम्बन गर्नेछौँ ।

तेश्रो पटक राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा रहेका ट्रम्पका लागि यो निकै ठूलो राहत हुनसक्छ ’cause उनले मेटाका यी प्लाटफर्ममार्फत चुनावका लागि चन्दा संकलन र प्रचारको लागि आफ्ना समर्थकहरूको ठूलो समुदायसम्म फेरि पहुँच बनाउन सक्छन् । यसअघि अमेरिकी धनाढ्य इलन मस्कले ट्वीटर खरिद गर्नेबित्तिकै एक पोलमार्फत ट्रम्पको निलम्बित एकाउन्ट पुन:स्थापना गरिदिएका थिए । तर उनले त्यसयता कुनै ट्वीट गरेका छैनन् । ट्वीटर र मेटाको यो कदमले ट्रम्पका निलम्बित अन्य सामाजिक सञ्जाल एकाउन्टहरू पनि अब पुन:स्थापना हुने विज्ञहरूको अनुमान छ ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा मेटाको सो निर्णयको प्रसंशा गर्दै दिएको प्रतिकृयामा ट्रम्पले ‘एक बहालवाला राष्ट्रपति वा प्रतिकार गर्न नसक्ने कसैको साथमा पनि त्यस्तो हुनु हुँदैनथ्यो’ भनेका छन् । ट्रम्पका फेसबुक र इन्स्टाग्राम एकाउन्टमा क्रमश: ३ करोड ४० लाख र २ करोड ३० लाख फलोअरहरू छन् र सीएनएनले केही समयअघि प्रकासित गरेको रिपोर्टमा ट्रम्प क्याम्पेनले एक पत्रमार्फत ट्रम्पका एकाउन्टहरू माथिको निलम्बन अन्त्यको लागि आग्रह गरेको थियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like