पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा ना ८ ख ७९२४ नम्बरको टिपर बुधबार राति दुर्घटना हुँदा टिपर चालक स्याङ्जा गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको उक्त टिपर बुधबार राति पौने १२ बजे तिर सडकबाट १२ सय मिटर तल खसेको थियो ।

खोजतलास गर्दा चालकको शव बिहीबार बिहान तिनाउ नदीको पानीमा फेला परेको डीएसपी थापाले जानकारी दिए

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like