जापान नजिक समुद्रमा जहाज डुबेपछि ६ चिनियाँसहित ८ जनाको मृत्यु

जापान नजिक समुद्रमा गइरहेको एक जहाज डुबेपछि ६ जना चिनियाँसहित आठजनाको मृत्यु भएको एक चिनियाँ कूटनीतिकर्मीेले बताएका छन् ।

जिन थ्यान जहाजमा चीन र म्यान्मारका कर्मचारीहरू थिए । उनीहरूले मंगलवार साँझ जापानको डान्जो टापुसमूह भन्दा ११० किलोमिटर पश्चिमबाट आफूहरू समस्यामा परेको संकेत पठाएका थिए ।जहाजका कप्तानले स्याटेलाइट फोनमा दक्षिण कोरियाका तटरक्षकलाई आफू र अन्य कर्मचारीले बुधवार बिहान डुब्दै गरेको जहाज छोड्ने बताएका थिए ।

जापानको तटरक्षक र सेनाले १३ जना कर्मचारीलाई उद्धार गरेको थियो ।तीनवटा निजी जहाजले पनि पाँचजना कर्मचारीलाई उद्धार गरेको जापानको तटरक्षक बलले जानकारी दियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like