जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपरसहित ३ जनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ सामान नल्याई मिलेमतोमा फर्जी खरिद तथा दाखिला आदेश तयार गरी बिलमात्र खरिद गरी कार्यालय संचालन बजेट खर्च गरेको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटी ग्लोभ्स समेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको अवस्थामा मेडिकल सामग्रीहरू खरिद गरेको तथा झुट्टा बिल भरपाई कागजात तयार गरी भुक्तानी लिनेदिने कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।

कार्यालय प्रमुख शाही र स्टोर किपर खनालले ८१ हजार १२२ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ।

साथै,शाहीले कार्यालयको खर्चबाट खरिद गरेको ७ हजार ७०७ रुपैयाँ बराबर रकमको औषधि आफ्नो व्यक्तिगत प्रयोजनका लागि खरिद गरी भुक्तानीसमेत लिई सरकारी सम्पत्तिलाई निजी प्रयोगमा लगाई हानि-नोक्सानी पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ।

औषधि स्टोर दाखिलासमेत गरेको देखिएबाट स्टोरकिपर गोविन्द खनालविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।यसैगरी जिल्ला बाँके, डुडुवा गाउँकार्यपालिकाको कार्यालयमा सिनियर अहेव छैठौँ पदमा कार्यरत सीताराम चौधरीले संचालनमा नै नरहेको फार्मेसी संचालनमा रहेको भनी अनाधिकार तरिकाले अरू व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको देखिएकोले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like