बाँकेमा दादुरा संक्रमितको संख्या २९६ पुग्यो

बाँकेमा दादुराबाट संक्रमित हुनेको संख्या २९६ पुगेको छ । गत पुस १२ गतेदेखि दादुराको संक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यलय बाँकेकाअनुसार पाँच पालिकामा गरी बिहीबारसम्म संक्रमित बालबालिकाको संख्या २९६ पुगेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी ३१ वटा वडा दादुरा प्रभावित भएका छन् ।

काठमाडौं । बाँकेमा दादुराबाट संक्रमित हुनेको संख्या २९६ पुगेको छ । गत पुस १२ गतेदेखि दादुराको संक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यलय बाँकेकाअनुसार पाँच पालिकामा गरी बिहीबारसम्म संक्रमित बालबालिकाको संख्या २९६ पुगेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी ३१ वटा वडा दादुरा प्रभावित भएका छन् ।

संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा दादुरा रुबेला विरुद्धको खोपलाई अभियानकै रुपमा अघि बढाइएको छ । बाँकेमा दादुरा संक्रमित हुनेमा अधिकांस नियमित खोप नलगाएका बालबालिका रहेकाले नियन्त्रणमा चुनौती थपिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुरपरभाइजर नरेश श्रेष्ठकाअनुसार सोमबारसम्म ६ महिनादेखि १५ वर्षमुनिका ९३ हजार १६१ बालबालिकालाई दादुरा रुबेलाविरुद्दको खोप दिइएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like