लामिछानेको नागरिकता मुद्दामा उनी पक्षका वकिलको बहस सकियो, जवाफी बहस हुँदै

समाचार शेयर गर्नुहोस्

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेका वकिलहरुको बहस सकिएको छ।

अहिले सुनुवाइमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन्।

बहस सकिएपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो आएको छ। दुवै तर्फका कानून व्यवसायीहरुको अनुसार उक्त मुद्दामा आज फैसला आउने सम्भावना प्रवल छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको