उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ सकिएको छ । शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।

अस्ति (माघ ११ गते बुधबार) हेर्दा हेर्दैको सूचीमा परेको मुद्दाको सुनुवाइ आज भएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मलित संवैधानिक इजलासमा अस्ति (बुधबार) मुद्दाको सुनुवाइ सकिएको थिएन।आज अन्तिम सुनुवाइ सकिएको हो । सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसला’bout छलफल गरिरहेका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like