केपी ओली कप फुटबल फागुन ११ बाट

आगामी फागुनमा केपी ओली कप खुल्ला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ११ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना हुने प्रतियोगितामा ‘ए’ डिभिजन फुटबल क्लबहरुको सहभागिता हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उदयीमान खेलाडीले समान ५०-५० हजार प्राप्त गर्नेछन् । त्यसैगरी प्रत्येक खेलको विजेता टोलीले ५० हजार तथा उक्त खेलको म्यान अफ द म्याचले २५ हजार पाउनेछन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like