मारवाडी व्यापारीले नेपाल असुरक्षित भन्दै कमाएको पैसा बाहिर लैजादै

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख उत्तमराज सुवेदीले मारवाडी समुदायले नेपालमा कमाएको पैसा विदेश लगेर राख्ने गरेको बताएका छन्।

 

क्यापिटल नेपालसँग आर्थिक अपराधका विभिन्न विषयमा कुराकानी गर्दै सुवेदीले मारवाडी समुदायले नेपालमा कमाएको पैसा नेपालमा नराख्ने प्रवृत्ति बढ्दै गएको बताएका हुन्।

 

नेपालमा सुरक्षित बजार नहुन सक्छ, राजनीतिक अस्थिरता हुन सक्छ, श्रीलंकाजस्तो हुन सक्छ भन्ने भएर होला आफूले कमाएको पैसा विदेशमा राख्न थालेका छन्,’ सुवेदी क्यापिटल नेपालसँग भने।

 

पछिल्लोपटक आर्थिक अपराधमा विभिन्न अनुसन्धान गरिरहेका सुवेदीले नेपालबाट विदेशमा पुँजी पलायन (क्यापिटल फ्लाइट) भइरहेको विषयमा अनुसन्धान पनि जारी रहेको बताए।

 

‘बैंकिङ, बिमा वा अन्य क्षेत्रमा लगानी गर्ने मुख्य लगानीकर्ता मारवाडी समुदायकै छन्। उनीहरूले पैसा नेपालमा राख्न छाडे। पहिला नेपालमा कमाएको पैसा नेपालका विभिन्न क्षेत्रमा लगानी गर्थे वा बजारमा प्रवाह हुन्थ्यो,’ सिआइबी प्रमुख सुवेदीले भने, ‘तर, अहिले भरसक आफ्नो लगानी सुरक्षित राखेर ब्याजमा वा बैंकसँग मात्र खेल्ने जुन परम्परा आएको छ, त्यो परम्पराले पनि अर्थतन्त्रलाई हिर्काएको छ।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like