ललितपुरमा कार र ट्याक्सी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्य भएको छ ।
६ जना घाइते भएका छन् । ललितपुर महानगरपालिका १७ ग्वार्कोमा आइतबारराति साढे १२ बजे बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किँदा ट्याक्सीमा रहेका ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षका सरोजकुमार विक र काठमाण्डौको कलङ्की बस्ने मोरङका अन्दाजी ३५ वर्षका धनबहादुर बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका दुवै जनाको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो । यस्तै, दुर्घटनामा घाइते भएका अन्य ६ जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापा बिर्तामोडका ३५ वर्षका वीरबहादुर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।