हिरासतबाट थुनुवा भागेपछि तीन प्रहरी निलम्बनमा

समाचार शेयर गर्नुहोस्

थुनुवा हिरासतबाट फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन्।

धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर ६ जना थुनुवा फरार भएपछि तीनजना प्रहरीलाई निलम्बन गरिएको हो।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरीलाई निलम्बन गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको