अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालय’bout थप निर्णय हुँदैन: माओवादी केन्द्र

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रालय’bout तत्काल निर्णय नहुने बताएका छन्।मंगलबारको पदाधिकारी बैठकमा भएको छलफलको निष्कर्ष सुनाउँदै महराले रवि लामिछानेको नागरिकता मुद्दामा अदालतबाट भएको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय’bout थप निर्णय नहुने बताएका हुन्।

‘गृह मन्त्रालयमा अदालतको पूर्ण पाठ नआउँदासम्म थप निर्णय हुँदैन,’ उनले भने, ‘अहिले प्रधानमन्त्रीले सो मन्त्रालय आफैंले राख्नुभएको छ। त्यही कायम रहन्छ।’

नागरिकता मुद्दामा दोषी ठहर भएका तत्कालीन गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाली नागरिकता पुनःप्राप्ति गरेका छन्। त्यसपछि उनले आफ्नै पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने दबाब बढाएका छन्। लामिछानेको पक्षमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि छन्।

प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको हकमा राहदानीको विषय पनि जोडिएकाले त्यसलाई पनि कुर्नुपर्ने बताएका छन्। मंगलबार बिहान बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भएको भेटमा पनि उनले रवि र राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिन नसकिने बताएका थिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like