बलात्कारको आरोप लागेको क्रिकेटर सन्दीप् लामिछानेमाथिको निलम्बन नेपाल क्रिकेट संघ क्यानले फुकुवा गरेको छ ।
मंगलबार राति पोखरामा बसेको बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
बलात्कारको आरोप लाग्दा नेपाली टिमको कप्तान रहेका सन्दीपलाई भदौ २३ गते क्यानले निलम्बन गरेको थियो ।
अहिले सन्दीप उच्च अदालत पाटनको आदेशपछि २० लाख धरौटी बुझाएर रिहा भएका छन् ।
तर मंगलबार मात्रै महान्याधीवक्ताको कार्यालयले सन्दीपलाई पुनः हिरासतमै राखेर मुद्दा टुंग्याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
पाटनको आदेशपछि रिहा भएका सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने केही उल्लेख गरिएको छैन ।
रिहा भएलगत्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई पुनः टिममा फर्काउने बताएका थिए ।
अदालतको आदेश अनुसार सन्दीप देशबाहिर जान पाउने छैनन् भने काठमाडौं उपत्यका छाड्दा पनि प्रशासनलाई खबर गर्नुपर्ने छ ।