माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)ले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ। बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए।

आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ।

माओवादी केन्द्रले पार्टीका नेताको कार्य विभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like