काठमाडौँ माघ-१९
आज माघ १९ तत्कालीन राजा ज्ञानेन्द्रले आफैले नियुक्त गरेको प्रधानमन्त्री देउवालाई असक्षम घोषणा गर्दै देशको बागडोर आफ्नो हातमा लिएका थिए ।
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेका थिए। आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए।
दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो।
त्यसपछि २०६२/६३ मा तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरूले राजा फाल्ने भनेर १२ बुदे समझदारी गरि सहकार्य मा जनआन्दोलन गर्ने निष्कर्ष निकाल्दै २ सय ४० बर्ष को जहानियाँ शासनको अन्त्य गरेर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको थियो ।
तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दा समेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन। विकास निमार्णका कार्यले गति लिन सकेका छैनन्। भ्रष्टाचार रोकिएको छैन भने जनताको जीवनस्तर माथि उठ्न सकेको छैन।