दोलखाको कालिन्चोकमा आगलागी हुँदा नौ घर नष्ट

समाचार शेयर गर्नुहोस्

दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागी हुँदा नौ घर जलेर नष्ट भएको छ । गएराति गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी नौ घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाईं, दुर्गा दाहाल, चित्रप्रसाद सेढाईं, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपिलाल थामी, रामबहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।

स्थानीय रुद्रबहादुर ओलीको घरबाट आगलागी सुरु भएको वलीले बताउनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । सदरमुकाम चरिकोटबाट खटिएको प्रहरी सशस्त्र र दमकलसहितको टोली आगो नियन्त्रणमा लिएको छ  ।

आगलागीका कारण लाखौँको क्षति हुनुका साथै पशु चौपाया पनि मरेको प्रहरीले जनाएको छ । आगलागीको र क्षतिको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको