सरकारबारे निर्णय गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

समाचार शेयर गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजेका लागि रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठकमा सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्नेबारे निर्णय हुने रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।रास्वपाले रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम भइसकेपछि उनलाई नै गृह मन्त्रालयमा फर्काइनु पर्ने माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयमा फर्काउन आनाकानी गरेसँगै रास्वपा चिढिएको छ ।

रास्वपाले गृह मन्त्रालयका लागि निरन्तर लबिङ गर्दै आएपनि सकारात्मक नतिजा नआएसँगै केन्द्रीय समिति बोलाएर आवश्यक निर्णय गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको