रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

समाचार शेयर गर्नुहोस्

मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु भएको छ।

रोल्पा नगरपालिका ४ का २६ वर्षीय पुरन चन्द बिहीबार बिहान ७ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

घाइते चन्दको जिल्ला अस्पताल रेउघामा उपचारका दिउँसो सवा १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ।

लिवाङबाट गजुलतर्फ जाँदै गरेको रा ३ प १०३८ नम्बरको चन्द सवार मोटरसाइकल दहरेभिरनजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको