तत्काल पानी पर्ने सम्भावना नभएकाे माैसम पुर्वअनुमान माहासाखाले जनाएकाे छ

समाचार शेयर गर्नुहोस्

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमबारसम्म पानी पर्ने सम्भावना छैन। हिमाली केही ठाउँमा हिमपात हुन सक्ने सम्भावना छ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पानी नै पर्ने गरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन। प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना छ।

तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ। अरु ठाउँको मौसम सामान्यतया सफा नै छ। पर्सि सोमबारपछि मौसममा सामान्य फेरबदल देखिन सक्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए। काठमाडौंमा बिहानको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने आजको उच्चतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्न सक्ने अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको