काठमाडौँ माघ २१ गते
राष्ट्रिय स्वतन्त्र पार्टी को आकस्मिक बैठक केहि बेरमा केन्द्रीय कार्यालय मा बस्ने भएको छ ।
यसअघि को बैठक बाट स्वतन्त्र पार्टी ले सरकार बाट बाहिरिने निर्णय गर्नु अगाडी नै प्रधानमन्त्री प्रचण्ड र गठबन्धन सयंन्त्रका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर २ दिनको समय मागेका थिए
आज उक्त समय सकिए लगत्तै रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
रास्वपाको पहिले भएको सम्झौता अनुरुप गृहमन्त्री नदिएमा सरकार बाट बाहिरिने निर्णय आउन सक्ने आकंलन गरिएको छ ।