सुनको मूल्य तोलामा ५०० ले बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको भाउ तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, आज ५०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like