टर्कीमा भूकम्पमा परेर १७ ज्यान गयो

टर्कीको दक्षिणी क्षेत्रमा  गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर १७ जनाको ज्यान गएको पुष्टि भएको छ ।

भूकम्पमा १७ जनाको ज्यान गएको टर्कीका अधिकारीहरुले पुष्टि गरेका हुन् । उनीहरुका अनुसार कयौँ मानिस फसिरहेका छन् । यसले गर्दा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण कयौँ घरहरु भत्किएका बीबीसीले जनाएको छ । उद्धारकर्ताहरुले खोज तथा उद्धारको काम गरिरहेका छन् ।

टर्कीका आन्तरिक मन्त्री सुलेमन सोयलुका अनुसार भूकम्पबाट १० वटा सहरमा असर परेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी अंकारासहितका क्षेत्र तथा लेवनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ  ।

भूकम्पपछि परकम्प पनि गइरहेको टर्कीका अधिकारीले जनाएका छन् । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like