पाकिस्तानी क्रिकेटर रिजवान सन्दीपलाई भेट्न नेपालमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भेट्न पाकिस्तान क्रिकेट टोलीका खेलाडी मोहमद रिजवान नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का महासचिव दुर्गा पाठकले रिजवान नेपालमा सन्दीप लामिछानेलाई हौसला दिन आएको बताए । उनले सन्दीपलाई भेट्न मात्र नेपाल आएको कुरामा आफू पनि अझै पक्का हुन नसकेको भएपनि उनी नेपाल आएर सन्दीपलाई भेट्दै हौसला प्रदान गरेको बताए ।

रिजवान नेपाल आएर सन्दीपलाई हौसला दिएको कुरा साचो हो । उनी नेपालमा सन्दीपलाई भेट्न मात्र हाएको भन्ने कुरा औपचारिक रुपमा पूर्ण छैन्,’ पाठकले रातोपाटीलाई भने । नेपाली टोलीका खेलाडी सन्दीप बलत्कार आरोप लागेर तीन महिना हिरासतमा बसेर धरौटीमा छुटेका हुन् । सन्दीपालाई क्यानले गरेको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like