टर्की र सिरियामा भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७८ पुग्याे

दक्षिणपूर्वी टर्कीको सिमानजिकै सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८७ पुगेको छ ।

भूकम्पमा परेर सिरियामा १११ जनाभन्दा बढीको मृत्यु भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने १११ जनाभन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै भूकम्पबाट टर्कीमा ७६ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्ने बताइएको छ

यसअघि एक स्थानीय अस्पतालले टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो ।

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गाजियान्टेप नजिकै स्थानीय समयअनुसार सोमबार बिहान ४: १७ बजे ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा भूकम्पको धक्का महशुस गरिएको थियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like