रास्वपाले छाडेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

समाचार शेयर गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेकी हुन् । रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आइतबार नै मन्त्रीहरुले पनि राजीनामा दिएका थिए । तर, रास्वपाले सरकारमाथिको समर्थन भने तत्कालका लागि कायमै राखेको छ ।

अब उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको