दोलखाको बिगु गाउँपालिका ४ लादुकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । ना ५ ख ८८७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोमबार दिउँसो २४ वर्षीय किसान सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना २३ वर्षीय रामबहादुर नेपाली र २५ वर्षीय जीवन नेपाली र १८ वर्षीय सुरज खत्री घाइते भएका छन् । घाइते २ जनाको दोलखा धुलिखेल अस्पताल र १ जनाको सिंगटीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।