नेपाल प्रेस युनियन वागमती प्रदेश समितिको प्रथम अधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा सुरु भएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले एक औपचारिक कार्यक्रमका बीच अधिवेशनको उद्घाटन गरेका छन् ।
अहिले उद्घाटन कार्यक्रम जारी छ । कांग्रेसका नेता, पत्रकार महासंघ तथा प्रेस युनियन र पेशागत संगठनका नेतृत्वले भनाई राखिरहेकाछन् ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ । अधिवेशनमा वागमती प्रदेशका १३ वटा जिल्लाका करिव २०० जना पत्रकार सहभागी छन् ।