महिला यू-२० साफ : पहिलो हाफमा नेपाल एक गोलले पछाडि

समाचार शेयर गर्नुहोस्

बंगलादेशमा जारी महिला यू-२० साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा अहिल नेपाली यू २० टिमले भारतको सामना गरिरहेको छ। ढाकाको वीर श्रेष्ठ सहिद मोस्तफा कमल रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपाल एक गोलले पछि परेको छ।

जित निकाल्नै पर्ने खेलमा नेपालले पहिलो हाफमै एक गोल बेहोरेको हो। खेलको २१औं मिनेटमा काजोलले दिएको पासमा अपुर्वा नाजारीले पोस्टको बायाँ कुनामा प्रहार गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्।

त्यसक्रममा अपूर्वालाई दुई डिफेन्डरले रोक्न खोजे पनि सकेनन्। आजनको खेलमा नेपाललाई जित्नै पर्ने आवश्यता रहेको छ। जित निकालेको अवस्थामा नेपाल फाइनलमा पुग्नेछ भने जित निकाल्न नसके बाहिरिने पक्का छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको