टर्किमा गएकाे भुकम्पसँगै नेपालमा पनि धक्का महसुस

टर्किए र सिरियामा गत सोमबार गएको ७.८ रेक्टर स्केलको भूकम्पले विश्वको ध्यान खिचिरहेका बेलामा नेपालमा पनि भूकम्प गएको छ । आज बिहान ७ः१७ बजे लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो

३.९ रेक्टर स्केलको भूकम्पले लमजुङ सदरमुकार बेंसीशहरलगायतका स्थानमा धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

यसअघि गत माघ १० गते बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि डोटीमा ६.६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।नेपालमा २०७२ साल बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पले करिब ९ हजारको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए । त्यसयता सयौं पराकम्पन आइसकेका छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like