लागूऔषधसहित ३ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

प्रहरीले मालवाहक ट्रकबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई वीरगन्जबाट पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजे वीरगन्ज महानगरपालिका २५ स्थित सिर्सिया सुक्खा बन्दरगाह गेटबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ९ मा बस्ने ट्रक चालक ४२ वर्षीय निर्मल पौडेल, ४० वर्षीय रमेश थापा, २९ वर्षीय सुदर्शन खड्का छन् । प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकबाट उनीहरू पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरूलाई जाँच गर्ने क्रममा उक्त ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने सिटमुनि सेतो प्लास्टिकको बोराभित्र लुकाइछिपाई ल्याएको प्रतिबन्धित लागूऔषध ओनरेक्स १ सय एमएलको १ सय ६६ बोत्तल र कोडिवेल कफ सिरप ५७ बोतल गरी कुल २ सय ३ बोतल फेला परेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *