लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनकाे मतगणना सुरु भएकाे छ।
केहीबेर अगाडि सम्पन्न भएकाे निर्वाचनमा ३०४ जनाकाे मत खसेकाे छ। लुम्बिनी प्रदेशसभामा कुल ३०५ जना सदस्य छन्।रुपन्देहीकाे मर्चाबार गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहकाे भाेट नखसेकाे मुख्यनिर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए। उनका अनुसार उपाध्यक्ष सिंह भारत गएका छन्।
प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मत मध्य २१७ मत खसेकाे छ।
मतपरिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएकाे छ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा उपनिर्वाचन भएकाे हाे।