चितवनमा बृहत् अन्तरराष्ट्रिय कृषि प्रदर्शनी हुँदै

चितवनमा बृहत् अन्तरराष्ट्रिय कृषि प्रदर्शनी आयोजना हुने भएको छ । कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले यही माघ २७, २८ र २९ गते चितवन एक्सपो सेन्टर भरतपुरमा कार्यक्रम आयोजना हुन गइरहेको हो ।

पाँचौँ एग्रोटेक अन्तरराष्ट्रिय प्रदर्शनी–२०७९ मा नेपाल डेरीटेक एक्सपो, नेपाल पोल्ट्री एक्सपो, नेपाल फार्म मसिनरी एक्सपो, नेपाल राइस एण्ड ग्रेनटेक एक्सपो, नेपाल फुएण्ड बेवरेज एक्सपो हुनेछ ।

उक्त कृषि प्रदर्शनीमा १ सय ५० भन्दाबढी स्वदेशी तथ विदेशी संघसंस्था र हजारौँ कृषि व्यवसायीहरूको सहभागितामा रहने अयोजकले जनाएको छ ।

आधुनिक कृषि यन्त्र तथा उपकरणहरू, आधुनिक खेती प्रणाली, थोपा सिंचाइ, डेरी, पोल्ट्री, मत्स्यपालन उद्योग, पशुपालन उद्योग एवं खाद्य प्रविधि उद्योगसम्बन्धी प्रविधि’bout अवलोकनकर्ताले जानकारी लिन सक्नेछन् ।

मीडिया स्पेस सोल्युसन तथा फ्युचरएक्सको आयोजनामा हुने कार्यक्रमलाई नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रवर्द्धन गर्दै छ । बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म आधुनिक कृषि यन्त्र तथा उपकरणहरू निःशुल्क अवलोकन गर्न सकिने छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like