रविको दोहोरो पासपोर्टमाथि अनुसन्धान अघि बढ्यो

समाचार शेयर गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढेको छ।जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युतमणि नेउपानले अनुसन्धान अघि बढाएको पुष्टि गरे। युवराज सफलले प्रहरीले पासपोर्टको अनुसन्धान अघि नबढाएको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए। उजुरी आएपछि अनुसन्धान अघि बढाइएको पाइएको छ।

प्रहरी र सिडिओ कार्यालयमा परेको उजुरीका विवरणहरु पनि मगाएर अनुसन्धान अघि बढाइएको बताइएको छ। ती कागजात आइसकेपछि के –कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने नेउपानेले नेपाल लाइभलाई बताए।

यसअघि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्नेदेखि मन्त्री र सांसद पद नै खारेज हुने फैसला गरिसकेको थियो।

लामिछानेको नागरिकता २०५० साल फागुन १० गते काठमाडौंबाट लिएका थिए। ०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएका थिए। ०७१ जेठ २१ मा उनी नेपाल आए।

अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा ०७३ जेठ १३ गते नेपाली राहदानी लिएको विषयमा अहिले उनीमाथि फौजदारी कसुरमा अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको