एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १३ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ६ सय रुपैयाँमा झरेको हो ।अघिल्लो दिन छापावाला सुन १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like