सल्यानमा एक सिरक उद्योगमा आगलागी

सल्यानमा सिरक डसना उद्योगमा आगलागी भएको छ । जिल्लामा रहेको खरवारिमा लगाएको आगो बागचौर नगरपालिका २ बजारमा रहेको फैलियो सिरक डसना उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । गाउँले खरवारिमा लगाएको आगो फैलिएर उद्योगमा सल्किएको स्थानीय बामदेव केसीले जानकारी दिए ।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याएको छ । आगलागीबाट क्षतिको विवरण भने आएको छैन । क्षति विवरण प्रहरीले संकलन गरिरहेको केसीले बताए ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like