भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम रहेकाे प्रधानमन्त्री दहालकाे दाबि

प्रधानमान्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने दावी गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री दाहालले यस्तो दावी गरेका हुन्।

नागरिकको हीत अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको उनकाे भनाइ छ।

प्रधानमन्त्री दाहालले भने, ‘विकास र सुशासन एक अर्काका परिपूरक हुन्। नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ। भ्रष्टाचार र भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिवद्धता वर्तमान सरकारले प्राथमिकता राखेको छ। भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हर प्रकारको सहयोग र समर्थन रहनेछ।’

उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सुशासन कायम गर्न पनि अनुराेध गरेका छन्।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले लिएका लक्ष्यहरू आर्थिक समृद्धि र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक आयोगहरूको भूमिका महत्त्वपूर्ण हुने पनि बताए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like