आँबुखैरेनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार शेयर गर्नुहोस्

जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिका चोकमा बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान  ७:३५ बजेतिर पैदल हिँडिरहेका स्थानीय ४० वर्षीय मिनबहादुर बिकलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

घाइते बिकको चितवनस्थित सियमसी अस्पतालमा उपचारका क्रममा बिहान करिब १०:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१ख६३०७ नम्बरको बसले बिकलाई ठक्कर दिएको र उक्त घटनापश्चात् बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भानु शर्माले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको