ताप्लेजुङलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प

समाचार शेयर गर्नुहोस्

ताप्लेजुङलाई केन्द्र बनाएर सोमबार बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो। हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको