कोरोनाविरुद्धको बाइभ्यालेन्ट खोप काठमाडौँ आपुग्यो

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर (नयाँ बाइभ्यालेन्ट खोप) को पहिलो खेप काठमाडौंमा आइपुगेको छ । ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा सोमबार बिहान काठमाडौँ आइपुगेको हो । बाइभ्यालेन्ट खोपको पहिलो खेप काठमाडौँ आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए ।

प्रमुख डा.चौरसियाका अनुसार चौथो महामारीपछि कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चित गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख ८८३ मात्राको पहिलो खेप अहिले ल्याइएको हो । दोस्रो र तेस्रो खेपमा ११ लाख ५४ हजार ११७ मात्रा खोप ल्याउने तयारी सरकारले गरेको छ । बाइभ्यालेन्ट खोप गाभीमार्फत नेपाल सरकारले प्राप्त गरेको हो ।आज आएको खोप टेकु भण्डारण केन्द्रमा राखिनेछ । त्यसपछि देशभरका भण्डारण केन्द्रमा पठाइने शाखाले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like