आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।
शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।सरकारले आज दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको सरकारले बताएको छ। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो