ललितपुरमा घर भत्काउँदा १ जनाको ज्यान मृत्यु

समाचार शेयर गर्नुहोस्

ललितपुरमा कच्ची घर भत्काउँदा १ जनाको ज्यान गएको छ ।ललितपुरको महानगरपालिका–७ सुनाकोठीमा हिजो (आइतबार) दिउँसो माटोको ३ तल्ले घर भत्काउँदा इँटा र माटोले किचेर घाइते भएका बाग्मती गाउँपालिका–६ का ३५ वर्षीय विशाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घाइते भएका उनलाई पाटन अस्पताल पुर्‍याए पनि उनको उपचार क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको