कैलालीमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कबाट ३ फिट लम्बाई र ५ ईन्च चौडाई भएको बाघको छालासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले अछामको चौरपाटी गाउँपालिका-५ का १८ वर्षीय सुवाश बोहरा र १७ वर्षीउ सुनिल बोहरालाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।
दुवै जनालाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।