जोमसोमबाट पोखरा जाँदै गरेको बस दुर्घटना १७ घाइते

मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको  ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ ।

दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक हबल्दार कृष्ण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार  बुधबार विहान साढे ८ बजेतिर लेतेको धम्पुस स्थित सडकबाट बस ४० मिटर तल खसेर कालिगण्डकी नदीमा पुगेको छ ।

दुर्घटनाको खबर लगत्तै जोसोमबाट प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेल सहित प्रमुख जिल्ला अधिकारी,नेपाली सेना र प्रहरी सहितको टोली घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरिएको छ ।

दुर्घटनाका घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भिर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफेर गरिएको प्रहरीले जनाएको छ । वाँकी ८ जनाको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ ।

निर्माणधिन सडक भएकाले साघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा म्याग्दी, पोखरा र भारतीयहरु सवार रहेको प्रहरीको भनाई छ ।   दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like