भारतीय जनता पार्टी भाजपाले एकै वर्ष ६ अर्ब भारु भन्दा धेरै चन्दा प्राप्त गरेको छ । एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स अर्थात् एडीआरको रिपोर्ट अनुसार बीजेपीले २०२१-२२ मा सबैभन्दा धेरै चन्दा प्राप्त गरेको छ।
एडीआर रिपोर्टमा भनिएको छ कि २०२१-२२ मा भाजपाले ६ सय १४ करोड रुपैयाँ र कांग्रेसले ९५ करोड रुपैयाँ चन्दा प्राप्त गरेको छ। यसबारे भाजपा र कांग्रेस आफैंले बताएका छन्। यो रकम ४ हजार ९ सय ५७ चन्दाबाट प्राप्त भएको भाजपाले जनाएको छ ।
अर्कोतर्फ कांग्रेसले १ हजार २५५ चन्दाबाट यो रकम प्राप्त गरेको बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मायावतीको बहुजन समाजवादी पार्टीले २०२१-२२ मा २० हजार रुपैयाँभन्दा बढी चन्दा नपाएको बताएको छ ।
२०२१-२२ मा राष्ट्रिय दलहरूले प्राप्त गरेको चन्दा ३१ प्रतिशतले बढेर १ सय ८७ करोड पुगेको छ।