नेपाल टेलिकमको नेटवर्कमा फाेन नलाग्ने समस्या

नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । आज दिउँसो १ बजेदेखि नेटवर्कमा समस्या आएको हो । टेलिकमको मोबाइल नेटवर्कअन्तर्गतका कुनै नम्बरमा फोन नलाग्ने, ब्यालेन्स चेक, एसएमएस, डेटासमेत चलाउन नमिल्नेजस्ता समस्या चर्काे  देखिएको छ ।

म्यासेज पठाउन र पुग्न पनि १० देखि १५ मीनेट लागिरहेको टेलिकमको सिम प्रयोगकर्ताहरुको गुनासो छ । उक्त समस्या एकैछिनमा समाधान भए पनि पुनः दोहोरिएको उपभोक्ताहरुको गुनासो छ ।

टेलिकममा यो समस्या बारम्बार देखिँदै आएको छ ।  माघ ३ गते दिउँसो १२ बजेदेखि ३ बजेसम्म पनि यस्तै खालको समस्या देखिएको थियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like