आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले प्रभावशाली शुरूआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डका ४ ब्याट्सम्यानलाई सामान्य स्कोरमै रोक्न सफल भएको छ ।
यसक्रममा कुशल मल्ल र सन्दीप लामिछानेले समान २ विकेट लिएका छन् ।
सन्दीपले लगातार ३ बलमा २ विकेट लिएका हुन् । पन्धौं ओभरको ५ औं बलमा विकेट लिएका सन्दीपले त्यसलगत्तैको स्पेलको सत्रौं ओभरको पिहलो बलमा अर्को विकेट हात पारेका थिए ।
यो समाचार तयार पार्दासम्म स्कटल्यान्डले १८ ओभरमा ४ विकेट गुमाएर ७१ रन जोडेको छ ।