११२.३३ अंकले घट्याे शेयर बजार

समाचार शेयर गर्नुहोस्

शेयर बजार निरन्तर घटिरहेको छ । यसैक्रममा यो साता ४ दिन बजार खुल्दा चारै दिन बजार घटेको हो ।

यो साता चारै दिन बजार घट्दा नेप्से ११२.३३ अंकले तल झरेर २०७०.४१ अंकमा आइपुगेको छ । गत सोमबार भने जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा भएपछि बजार बन्द भएको थियो ।

नेप्से ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिएको छ । चार दिनमा ८ अर्ब २५ करोड २२ लाख ७३ हजार ४ सय ८४.८८ रुपियाँ बराबरको मात्रै शेयर कारोबार भयो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समीक्षामा शेयर बजारलाई खासै सम्बोधन नहुनु, बैंकको ब्याजदर नघट्नु, सत्ता गठनबन्धन भित्रको मतभेद र आगामी राष्ट्रपति चयनको चर्चाले समेत बजारलाई असर गरिरहेको विश्लेषकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको